एसिया कपअघि नेपालले श्रीलंकामै अभ्यास गर्ने

Photo: ACC

काठमाडौं, ५ साउन । नेपाली राष्ट्रिय क्रिकेट टोलीले श्रीलंकामा विशेष प्रशिक्षण गर्ने भएको छ । आगामी महिनामा हुने एसिया कपको तयारीस्वरुप नेपालले श्रीलंकामै अभ्यास गर्ने भएको हो ।

एसिसी इमर्जिङ कप खेल्न श्रीलंका गएको नेपाली क्रिकेट टोलीले त्यहीँ १५ दिनको विशेष प्रशिक्षणसहितको अभ्यास गर्ने नेपाल क्रिकेट संघ क्यानले बताएको छ । श्रीलंकाको क्रिकेट बोर्डले नेपालका लागि अभ्यासका लागि व्यवस्था मिलाएको हो । नेपालले श्रीलंकामा चार अभ्यास खेल खेल्नेछ ।

श्रीलंकामा जारी एसिसी इमर्जिङ एसिया कपमा नेपालले भारत र पाकिस्तानको ए टोलीसँग पराजित हुँदा युएई ए लाई भने हराएको थियो । यद्यपि नेपालले सेमिफाइनलमा स्थान बनाउन भने सकेन ।

एसिया कपमा नेपालले भारत र पाकिस्तानको सिनियर टोलीसँग खेल्ने छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय