प्रधानमन्त्रीलाई धन्यवाद, गृह र अर्थमन्त्रीले राजीनामा दिनुपर्छ: काँग्रेस सांसद शर्मा

काठमाडौं, ५ साउन । नेपाली काँग्रेसका सांसद सुनिल शर्माले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतले राजीनामा दिएर सुन प्रकरणको अनुसन्धानमा सहयोग गर्नुपर्ने बताएका छन् ।

प्रतिनिधि सभाको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले प्रधानमन्त्री मातहतको राष्ट्रिय अनुसन्धान विभागले सुन पक्रेको बताउँदै प्रधानमन्त्रीलाई धन्यवाद समेत दिए ।

‘प्रधानमन्त्री जिवनसाथीको निधनमा शोकमा हुनुहुन्छ । यहि बेला सय किलो सुन अवैध रुपमा आयो । राजस्व विभाग अर्थमन्त्रालय अन्तरगत पर्छ । सुरक्षा गृहमन्त्रालय मतहत छ । दुवै निकायले थाहा नपाइ सुन आउने कुरा हुँदैन,’ उनले भने, ‘प्रधानमन्त्री कार्यालय मातहतको राष्ट्रिय अनुसन्धान विभागले नियन्त्रणमा लियो । यसका लागि प्रधानमन्त्रीलाई धन्यवाद दिनुपर्छ ।’

उनले थपे, ‘दुई मन्त्रीद्वयले राजीनामा दिएर प्रधानमन्त्रीलाई सहयोग गर्नुपर्छ ।’

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • संजालमा नायिकाको खोजी !

    काठमाडौं । चलचित्र निर्माता अविरल थापाले नयाँ फिल्मको लागि नायिकाको खोजी गरेर आफ्नो कम्पनीको पेजमा एक पोष्ट शेयर गरेका छन्...

  • पानी नपर्दा सुक्यो धान,चिन्तामा किसान

    कैलाली । असार लागेपछि खेतमा हरियाली छाउनुपर्ने हो। रोपिएका धानका बिरुवाले लहलहाउँदै किसानको अनुहारमा मुस्कान ल्याउनुपर्ने...

  • लुम्बिनीमा भुटानी गुम्बा !

    रूपन्देही । भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भुटान सरकारले निर्माण गर्न लागेको भुटानी गुम्बाको आज औपचारिक रूपमा...