वृद्धा बलात्कारको आरोपमा दुई पक्राउ

दाङ, ५ साउन । दाङमा एक वृद्धामाथि बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । बिहिबार राति तुलसीपुर बसपार्कमा वृद्धामाथि सामूहिक बलात्कार भएको थियो ।
प्रहरीका अनुसार बसपार्कमा पार्किङ गरी राखिएको ना ४ ख ७८४८ नम्बरको बसभित्र प्युठानकी ७३ वर्षीय वृद्धामाथि सामूहिक बलात्कार भएको हो र बलात्कार गरिरहेकै अवस्थामा दुईजना युवा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका- १५ का ३० वर्षीय पुष्कर रोका र सल्यान कुमाख गाउँपालिका-७ का २० वर्षीय रेशम विक रहेका छन् ।
स्थानीयले बसभित्र रोइकराइ गरेको सुनेपछि प्रहरीलाई खबर गरेका थिए र प्रहरीको टोली पुगेर वृद्धाको उद्दार गरी पीडकलाई पक्राउ गरेको हो ।

