भारतले चामल निर्यात रोक्यो

काठमाडौं, ५ साउन । छिमेकी राष्ट्र भारतले चामल निर्यातमा रोक लगाएको छ । भारतको वाणिज्य तथा वैदेशिक व्यापार विभागले बिहीबार एक सूचना जारी गर्दै यस्तो घोषणा गरेको हो ।
भारतीय सञ्चारमाध्यमले बताएअनुसार कम मनसुनका कारण धान उत्पादन कम हुने भएकाले देशभित्रकै माग धान्नका लागि यस्तो निर्णय गरिएको हो ।
भारतको यस्तो निर्णयले नेपाल लगायतका मुलुकलाई भने ठुलो असर पर्ने देखिन्छ । नेपालमा पनि ठुलो मात्रामा चामल भारतबाट आयात हुँदै आएको छ ।
आर्थिक वर्ष २०७९/८० को ११ महिनामा मात्रै नेपालले भारतबाट १४ अर्ब ४४ करोड रुपैयाँ बराबरको २० करोड ८९ लाख किलो मात्रै चामल आयात गरेको थियो ।

