अनुसन्धान विभागले भन्यो: विमानस्थलमा थप सुन भेटिएन

काठमाडौं, ४ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्र थप सुन लुकाइएको आशंकामा सर्च अपरेसन चलाएको राजश्‍व अनुसन्धान विभागको टोलीले थप सुन फेला नपरेको बताएको छ।

बुधबार भन्सार समेत पास भइसकेपछिको अवस्थामा ठुलो परिमाणमा सुन बरामद भएपछि विमानस्थलभित्र थप सुन पनि हुन सक्ने आशंका गरिएको थियो ।

बरामद गरिएको उक्त सुनको तौल जोख्‍ने काम आज भइरहेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय