बरामद भएको सुन जोख्न राष्ट्रबैंक पठाइयो

काठमाडौं, ४ साउन । त्रिभुवन विमानस्थल बाहिरबाट बरामद गरिएका सुनको तौल जोख्न नेपाल राष्ट्र बैंक पठाइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँचपास समेत भएर बाहिरिसकेपछि बुधबार सुन बरामद भएको थियो ।
राजश्व अनुसन्धान विभागले ठुलो परिमाणको भनेर जनाएको उक्त सुन बबरमहलस्थित राष्ट्र बैंकको टक्सार विभागमा जोख्न पठाएको हो ।
मोटरसाइकल र स्कुटरका ब्रेक शुभित्र लुकाएर ल्याइएको अवस्थामा राजश्व अनुसन्धान विभागको टोलीले सिनामङ्गलबाट बरामद गरेको थियो ।
यो प्रकरणमा एक जना भारतीय नागरिकसहित ६ जना पक्राउ परेका छन् ।

