सोबिता गौतमले जितिन् ‘योङ पोलिटिसियन अवार्ड’

काठमाडौं, ४ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले ‘योङ वर्ल्ड पोलिटिसियन अफ द इयर २०२३’ को अवार्ड जितेकी छन् । वान योङ वर्ल्डले प्रदान गर्ने उक्त अवार्ड सोबितासहित पाँच युवा राजनीतिज्ञहरुले जितेका हुन् ।

विभिन्न देशका १५ सांसद, मेयर लगायतका राजनीतिज्ञहरुलाई लाई सर्टलिस्ट गरिएकामध्ये पाँच जनाले अवार्ड प्राप्त गर्छन् । २७ वर्षीया सोबिता गौतमसँगै क्यानडाकी एरिइल्ले कायाबागा, अष्ट्रेलियाकी अयोर मकुर चुओट र न्यूजील्याण्डका मोको तेपानिया र बेल्जियमका स्यामुअल कोगोलातीले यस अवार्ड हात पारेका हुन् ।

संस्थाले नेपाली इतिहासमा सबैभन्दा कान्छी सांसद र रास्वपाको संस्थापक सदस्यको रूपमा गौतमलाई सर्ट लिस्टमा छनौट गरेको थियो । उनलाई बिजुली नपुगेको गाउँमा जन्मिएकी र राम्रो स्रोत साधन नभएको सरकारी विद्यालयमा पढेकी सोबिता आफ्नो भाषण सामाजिक सञ्जालमा अत्यधिक रुचाइएसँगै राजनीति उदाएकी पात्रको रूपमा चिनाइएको छ ।

संस्थाले द वन योङ वर्ल्ड पोलिटिसिएन अफ द इयर अवार्ड हरेक वर्ष १८-३५ वर्ष उमेर समूहका प्रभावशाली राजनीतिज्ञहरूलाई प्रदान गर्छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय