दिपकराज गिरी अब हल मालिक बन्दै

भदौ २१ देखी बानेश्वरमा मल्टीफ्लेक्स सञ्चालनमा आउने

काठमाडौं, ४ साउन । हाँस्यकलाकार हुँदै चलचित्र अभिनेता बनेका दीपकराज गिरीले आगामी भदौ २१ गतेदेखि मल्टिप्लेक्स सिनेमा हल सञ्चालनमा ल्याउने भएका छन् । गिरीसँगै दिपाश्री निरौला र टिमले काठमाडौको नयाँ बानेश्वरमा यो सिनेमा हल निर्माण गरेको हो ।

भारतीय अभिनेता शाहरुख खानको बहुप्रतिक्षित चलचित्र ‘जवान’को अन्तर्राष्ट्रिय रिलिजको अवसर पारेर बानेश्वर मलस्थित हल यो हलको औपचारिक सञ्चालन हुने बुझिएको छ।

दिपकले आफ्नै ‘आमा सरस्वती मुभिज’को ब्यानरमा बन्ने नयाँ चलचित्र प्रदर्शन गरेर हलको उद्घाटन गर्न चाहेपनि यो समयमा उनको फिल्म आउने अवस्था नभएपछि हिन्दी चलचित्र  ‘जवान’ रिलिजको अवसर पारेका हुन । यद्यपि जवान रिलिज हुनु अगाडिनै यो हलको ‘सफ्ट–लन्च’ गर्ने तयारी रहेको निर्माण कम्पनीले जनाएको छ ।

उनको यो हललाई नेपालको दोस्रो ठूलो मल्टिप्लेक्स चेन आईएनआईले व्यवस्थापन गर्ने बुझिएको छ। हाँस्य टेलिसिरियल तितोसत्यबाट चर्चामा आएका दिपकले ‘छ एकान छ’, वडा नम्बर-६, ‘छ माया छपक्कै’ सहित छक्का पन्जा नामको फिचर फिल्मको सिरिज नै निर्माण गरेका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय