राष्ट्रिय भलिबल टोलीको कप्तानमा मानबहादुर नियुक्त

काठमाडौं, २ साउन । स्पाइकर मानबहादुर श्रेष्ठ नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीका नयाँ कप्तान नियुक्त भएका छन् ।

सोमबार बसेको नेपाल भलिबल संघको कार्यसमिति बैठकले श्रेष्ठलाई कप्तान नियुक्त गर्ने निर्णय गरेको हो ।

केही दिनअघि हरिहजुर थापालाई नेतृत्व गर्न नसकेको भन्दै कप्तानबाट हटाइएपछि खाली रहेको कप्तानी जिम्मेवारी त्रिभुवन आर्मी क्लबका स्पाइकर श्रेष्ठलाई दिइएको हो ।

सन् २०१५ देखि नेपालको राष्ट्रिय टिममा खेल्दै आएका मानबहादुरले नेपालले खेलेको पाँच वटै सेन्ट्रल जोन भलिबल र काभा नेसन्स लिग खेलेका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय