प्रसाईले पत्रकारलाई ज्यान मार्ने धम्की दिएको भन्दै महा‌संघको आपत्ति

काठमाडौं, ३० असार । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पत्रकारलाई ज्यान मार्ने धम्की दिएको भन्दै नेपाल पत्रकार महासंघ ललितपुरले आपत्ति जनाएको छ ।

महा‌स‌ंघको ललितपुर शाखाका सदस्य तथा विकास न्युज डटकमका प्रधानसम्पादक समेत रहेका रामकृष्ण पौडेललाई ज्यान मार्ने धम्की दिएको भन्दै महासंघ ललितपुर शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

शनिबार एक विज्ञप्ति जारी गर्दै शाखाले गम्भीर ध्यानाकर्षण गराएको हो । विज्ञप्तिमा भनिएको छ,–‘भाइ तिमीले मेरो बारेमा धेरै समाचार बनायौ, तिमीले मलाई चिनेका छैनौं, मसँग निहुँ खोज्नेलाई बाँकी राख्दिनँ, धेरैलाई मैले सिध्याएको छु, मलाई कसैले पनि जित्न सक्दैनन्, बुझ्यौ भाइ, मेरा पछाडि हजारौं मान्छे छन्, भाइ तिम्रो सुरक्षा कसले गर्न सक्छ ?भनेर धम्की दिएको छ ।’

दुर्गा प्रसाईंले समाचारको विषयलाई लिएर असार २९ गते बेलुका ६ः ५५ बजे ९८०१०५२२२२ नम्बरबाट फोन गरेर धम्की दिएको जनाएको छ ।

विज्ञप्ति:

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय