यस्तो छ तपाइको आजको राशिफल

आज २०८० साल असार ३० गते शनिबार । यस्तो छ तपाइको आजको राशिफल:

मेष: व्यवसायबाट लाभ हुने देखिन्छ । रोकिएका काम बन्‍ने छन् । नयाँ काम गर्ने अवसर मिल्ने छ ।

वृष: नयाँ काम सुरु गर्ने योग छ । व्यापारमा सफलता मिल्न सक्छ । विभिन्‍न अवसरहरु प्राप्त हुने छन् ।

मिथुन: खर्च बढ्न सक्छ । कामहरु बिग्रन सक्‍ने छन्। धैर्यताले काम लिनुपर्ने हुन्छ । अहिलेको मिहिनतले पछि फाइदा हुने छ ।

कर्कट: फजुल खर्च बढ्ने छन् । शरीर आलस्य हुने छ । स्वास्थ्यमा केही ध्यान दिनुपर्ने देखिन्छ ।

सिंह: दिगो काममा हात हाल्ने अवसर छ । व्यापार व्यवसायमा फाइदा हुने छ । शारीरिक कमजोरीले चिन्ता बढाउने छ ।

कन्या: रोकिएका काम बन्‍ने छन् । धार्मिक यात्राको योग छ । नियमित काम फलदायी देखिन्छ नयाँ लगानीमा भने जोखिम हुन सक्छ ।

तुला: स्वास्थ्यमा ध्यान दिनुपर्ने देखिन्छ । इष्टमित्रहरुबाट साथ र सहयोग पाइने छ । सम्मान प्राप्त हुने छ ।

वृश्चिक: व्यापारमा फाइदा हुने देखिन्छ । दिगो फाइदा हुने काम सुरु हुन सक्छ । यद्यपि स्वास्थ्यमा ध्यान दिन जरुरी देखिन्छ ।

धनु: यात्रा गर्ने अवसर जुट्ने छ । नयाँ काम सुरु गर्ने योग छ । व्यापारबाट लाभ मिल्नेछ ।

मकर: व्यापारमा सामान्य लाभ हुन् सक्छ । दिगो योजनाले अघि बढ्दा विस्तारै लाभ पाइने छ । शुभचिन्तकको साथ र सहयोग पाइने छ ।

कुम्भ: स्वास्थ्यमा समस्या देखिन सक्छ । नयाँ काम सुरु गर्न केही समय पर्खनुपर्ने छ । खर्च बढ्ने छ ।

मीन: अहिलेको मिहिनेतले भविष्यमा लाभ हुने छ ‌। रोकिएका कामहरु बन्‍ने छन् । आफन्तबाट सहयोग पाइने छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • गाईपालनबाट मासिक २ लाख

    रोजगारीका लागि ८ वर्षसम्म खाडीमुलुक साउदी अरब बसे पनि भनेजस्तो कमाई गर्न नसकेपछि घर फर्किएर व्यावसायिक गाईपालन गरेका पर्वतका...