तोसिमाप्रति माओवादी नेताको प्रहार: तपाईजस्तो समवेदनाहिन मानिस संसारमा नजन्मिउन्

काठमाडौं, २९ असार । प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकि पत्नी सीता दाहालको निधनमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा.तोशिमा कार्कीले व्यक्त गरेको विचारसँग असहमत हुँदै माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम वाईसीएल इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ले आपत्ति जनाउँदै ‘जानेजति’ गाली गरेका छन्।

प्रचण्ड पत्नि सीता दाहालको मृत्युपछि  संवेदनहिन टिप्पणी गरेको भन्दै डा.कार्कीको आलोचना भईरहेका वेला सापकोटाले पनि सामाजिक संजाल मार्फत थप गाली बर्षाएका हुन् । अचम्म त के छ भने सापकोटाले आफुले जानेजती सबै गाली कार्कीका लागि खर्चिएका छन् ।

सापकोटाले लेखेका छन्-‘तोषिमा जस्ती कसैका छोरी, वुहारी, दिदी वहिनी, आमा र संगिनी नपरुन । उनी जस्ता मान्छेसँग बाटोमा भेट पनि नहोस ।’ उनले थप लेखेका छन्-‘कसैका छोरी तपाईजस्तो नहोउन्, बुहारी नपरुन्, तपाईजस्तो आमा कसैलाई नपरोस्, संगिनी त पर्नै भएन, साथि नपरुन्, यस्तो निच सोचका दीदी बिहनिसँग कसरी थाप्नु भाईटिका– तपाईजस्ता दीदीबहिनी नजन्मिउन् । बाटोमा भेटै हुन नपरोस् । र अन्तिममा तोषिमा जि तपाईजस्तो संमवेदनाहिन मानिस यो संसारमा कोही नहोउन्, नजन्मिउन् ।’

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय