कोशी ब्यारेजबाट सप्तकोशीमा ट्रक खस्यो

सप्तरी, २९ असार । सप्तकोशी नदीमा ट्रक खसेको छ । शुक्रबार विहान कोशी ब्यारेजको पुलबाट ट्रक नदीमा खसेको हो ।
बससँग ठोक्किएर ट्रक नदीमा खसेको प्रहरीले जनाएको छ । नदीमा खसेको ट्रक भने बेपत्ता छ । ट्रकमा सवार तीन जनालाई भने सकुशल उद्धार गरिएको छ ।
कोशी ब्यारेजको १० नम्बर ढोकातर्फको बार भत्काउँदै ट्रक नदीमा खसेको हो ।

