जिससको गाडी दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते

डोटी, २८ असार । डोटीमा सरकारी गाडी दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । बुधबार साँझ जिल्ला समन्वय समितिको बा १ झ ९४३९ नम्बरको गाडी आर्दश गाउँपालिका-२ को मौवामा दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी मौवाकै ६५ वर्षीया हिरा खड्काको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । त्यसैगरी गाडीमा सवार ३५ वर्षीय रवीन्द्र सुनार, ३० वर्षीय टेकबहादुर तिरूवा र चालक वीरबहादुर खड्का घाइते छन् ।
उनीहरू जिल्ला अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।

