यस्तो छ तपाइको आजको राशिफल

आज २०८० साल असार २८ गते बिहिबार । यस्तो छ तपाइको आजको राशिफल:

मेष: स्वास्थ्यमा ध्यान दिनुपर्ने देखिन्छ । खर्च बढ्ने छ । नयाँ काम गर्ने अवसर मिल्ने छ ।

वृष: शुभकार्यमा मन जाने छ । व्यापारमा सफलता मिल्न सक्छ । रमाइलो जमघट हुने छ ।

मिथुन: साथीभाइहरु टाढा हुन सक्छन् जुट्ने छ । कामहरु बिग्रन सक्‍ने छन्। धैर्यताले काम लिनुपर्ने हुन्छ ।

कर्कट: व्यवसायबाट लाभ हुने देखिन्छ । दिगो काममा हात हाल्ने मौका छ । स्वास्थ्यमा केही ध्यान दिनुपर्ने देखिन्छ ।

सिंह: व्यापार व्यवसायमा फाइदा हुने छ । शारीरिक कमजोरीले चिन्ता बढाउने छ । दिगो काममा हात हाल्ने अवसर छ ।

कन्या: शुभकार्यको चर्चा चल्ने छ । धार्मिक यात्राको योग छ । नियमित काम फलदायी देखिन्छ नयाँ लगानीमा भने जोखिम हुन सक्छ ।

तुला: स्वास्थ्यमा ध्यान दिनुपर्ने देखिन्छ । इष्टमित्रहरुबाट साथ र सहयोग पाइने छ । सम्मान प्राप्त हुने छ ।

वृश्चिक: व्यापारमा फाइदा हुने देखिन्छ । दिगो फाइदा हुने काम सुरु हुन सक्छ । स्रोत र साधन जुट्ने योग छ ।

धनु: नयाँ काम सुरु गर्ने योग छ । चूनौतिभित्र अवसर खोज्‍नुपर्ने हुन्छ । व्यापारबाट लाभ मिल्नेछ ।

मकर: नयाँ ज्ञान र सीप प्राप्त हुने छ । दिगो योजनाले अघि बढ्दा विस्तारै लाभ पाइने छ । शुभचिन्तकको साथ र सहयोग पाइने छ ।

कुम्भ: नयाँ काम सुरु गर्न केही समय पर्खनुपर्ने छ । खर्च बढ्ने छ । सहयोगीहरू जुट्ने छन् ।

मीन: अहिलेको मिहिनेतले भविष्यमा लाभ हुने छ ‌। रोकिएका कामहरु बन्‍ने छन् । कसैबाट विशेष सहयोग पाइने छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • गाईपालनबाट मासिक २ लाख

    रोजगारीका लागि ८ वर्षसम्म खाडीमुलुक साउदी अरब बसे पनि भनेजस्तो कमाई गर्न नसकेपछि घर फर्किएर व्यावसायिक गाईपालन गरेका पर्वतका...