पत्नी वियोगमा परेका प्रधानमन्त्री माथी काठमाडौका मेयर बालेन साहको कठोर बक्तब्य

काठमाडौं, २७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई परेको पत्नी शोकमा काठमाडौ महानगरपालिकाका मेयर बालेन साहले सामान्य मानवीयता समेत नदेखाएको देखिएको छ।
प्रचण्ड पत्नी सीता दाहालको बुधबार बिहान निधन भएलगत्तै पुर्व प्रधानमन्त्रीदेखी, सबैजसो पार्टीका नेता तथा वर्तमान मन्त्री र सांसद समेत देश विदेशबाट समवेदना आइरहेको बेला बालेनले भने कुनै प्रतिक्रिया दिएका थिएनन् ।
जब सीता दाहालको आर्यघाटमा अन्त्येष्टि गरियो अनि बालेनले भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालको आमाको निधन भएको भन्दै समवेदना जारी गरे।
जवकी उनी जस्तै अहिले चर्चित रहेका धरानका मेयर हर्क साङ्पाङ र राष्ट्रिय स्वतन्त्र पार्टी लगायतले बिहानै समवेदना दिएका थिए। बालेनले समवेदनामा रेनुका पितालाई पत्नी शोक परेको भनेका छन् । प्रधानमन्त्री प्रचण्डको नाम समेत लिएका छैनन् ।
उनले लेखेका छन्- ‘मेयर रेणु दाहालजीले ममतामयी आमा गुमाउनुको पीडाप्रति हार्दिक समवेदना प्रकट गर्दछु । सम्माननिय प्रधानमन्त्री समेत रहनु भएका तपाईंका पिताले सहयात्री, जिवनसंगी गुमाउनु भएको अवस्थामा तपाईंले परिवारमा अभिभावकत्व ग्रहण गर्दै सबैलाई सम्हाल्न सक्ने क्षमता प्राप्त होस् भन्ने कामना गर्दछु । साथै, स्वर्गीय सीता दाहालप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु ।’

