यस्तो छ तपाइको आजको राशिफल

आज २०८० साल असार २७ गते बुधबार । यस्तो छ तपाइको आजको राशिफल:

मेष: स्वास्थ्यमा समस्या आउन सक्‍ने छ । खर्च बढ्ने छ । शुभकार्यमा मन जाने छ । नयाँ काम गर्ने अवसर मिल्ने छ ।

वृष: शुभकार्यमा मन जाने छ । उधारोमा व्यापार हुन सक्छ । यात्राको अवसर जुट्न सक्ने छ ।

मिथुन: साथीभाइसँग भेट्ने अवसर जुट्ने छ । दिगो काममा जग बसाउने मौका छ । मनमा उत्साह छाउने छ ।

कर्कट: प्रतिष्ठित व्यक्तिको सहयोग पाइने छ । शुभ समाचार सुन्‍न पाइने छ । तर स्वास्थ्यमा केही समस्या आउन सक्‍ने छ ।

सिंह: अस्वस्थताको अनुभूति हुनेछ । शारीरिक कमजोरीले चिन्ता बढाउने छ । नयाँ काममा मन जान सक्छ ।

कन्या: शुभकार्यको चर्चा चल्ने छ । खर्च र चूनौतिको समय छ । खानपान र आहारविहारमा ध्यान पुर्याउनु पर्ने छ ।

तुला: आर्थिक क्षेत्रमा सफलता मिल्ने छ । घुमफिरको योग छ । सम्मान प्राप्त हुने छ ।

वृश्चिक: शत्रुहरु किनारा लाग्‍ने छन् । दिगो फाइदा हुने काम सुरु हुन सक्छ । इमान र प्रतिष्ठा कमाइने योग छ ।

धनु: लगनशीलताले उपलब्धि प्राप्त हुने छ । चूनौतिभित्र अवसर खोज्‍नुपर्ने हुन्छ । पशुपालन तथा कृषि क्षेत्रबाट लाभ मिल्नेछ ।

मकर: अरुको भर पर्दा काम बिग्रन सक्छ । दिगो योजनाले अघि बढ्दा विस्तारै लाभ पाइने छ । शुभचिन्तक र साथीभाईहरुको साथ र सहयोग पाइने छ ।

कुम्भ: नयाँ काम सुरु गर्ने राम्रो समय छ । लगानी गर्दा व्यवसायमा धनलाभ हुनेछ । सहयोगीहरू जुट्ने छन् ।

मीन: खर्चको डरले सताउने छ । ईर्ष्या गर्नेहरुबाट जोगिनुपर्ने छ । अहिलेको मिहिनेतले भविष्यमा लाभ हुने छ ‌।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • गाईपालनबाट मासिक २ लाख

    रोजगारीका लागि ८ वर्षसम्म खाडीमुलुक साउदी अरब बसे पनि भनेजस्तो कमाई गर्न नसकेपछि घर फर्किएर व्यावसायिक गाईपालन गरेका पर्वतका...