मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटियो

काठमाडौं, २६ असार । सोलुखुम्बुबाट काठमाडौका लागि उडेको मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।
पाँच मेक्सिकन नागरिक र चालकसहित ६ जना सवार हेलिकप्टर सोलुखुम्बुको लामाजुरा पासमा दुर्घटनामा परेको हो ।
हालसम्म दुर्घटनास्थलबाट पाँचजनाको शव निकालिएको छ भने उनीहरुको पहिचान हुन बाँकी छ ।
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि बिहान १० बजे उडेको यो हेलिकोप्टर उडेको केहीबेरमा सम्पर्कविहीन भएको थियो ।

