प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं, २५ असार । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । आइतबार बस्ने भनिएको भएपनि नेकपा एमालेको अवरोध कायमै रहेका कारण आज अपरान्ह तीन बजेका लागि बैठक बोलाइएको हो ।
एमालेको अवरोध नरहे आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने सम्भावना छ । त्यस्तै ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संसोधन गर्ने विधेयक,२०८० पारित गर्ने कार्यसूची छ ।
यसअघि प्रधानमन्त्रीले विवादास्पद अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएको एमालेले संसद चल्न नदिने अडान राख्दा बैठक बस्नै सकेको थिएन ।

