नेप्सेमा दोहोरो अंकको वृद्धि

काठमाडौं, २४ असार । शेयर बजार परिसूचक नेप्से आज दोहोरो अंकले बढेको छ । आइतबार नेप्से परिसूचक २८.३८ अंकले बढेर २०७७.७६ अंकमा पुगेको छ ।

आइतबार कूल ८३ लाख ५२ हजार पाँच सय ७६ कित्ता शेयर रू तीन अर्ब चार करोड २५ लाख ४३ हजार नौ सय ६१ मूल्यमा खरिद बिक्री भएका छन् ।

कारोबारका आधारमा हिमालयन लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा छ । सो कम्पनीको रू १८ करोड ६० लाख ७२ हजार बराबरको कारोबार भएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय