मनसुन सक्रिय भएर भोलिदेखि धेरै स्थानमा पानी पर्ने

काठमाडौं, २४ असार । सोमबारदेखि मनसुन सक्रिय भएर धेरै स्थानमा पानी पर्ने जनाइएको छ । मौसमविदका अनुसार मनसुनी न्युनचापीय रेखा हाल सरदरभन्दा दक्षिणतर्फ रहेको र विस्तारै उत्तरतर्फ सर्ने क्रममा छ ।

सोमबारदेखि मनसुनी रेखा उत्तरतर्फ सरी नेपालमा नेपालमा सक्रिय रहने हुँदा धेरैजसो स्थानमा वर्षा हुने छ । लगातारको झरी भने तत्काल पर्ने छैन तर केही दिनअघिजस्तै पानी धेरै ठाउँमा पर्ने छ ।

पछिल्ला केही दिनमा देशभर नै खासै वर्षा भएको छैन । मनसुन दक्षिणतर्फ सरेकाले वर्षा हुन नसकेको हो । यद्यपि अब विस्तारै मनसुन सक्रिय भएर वर्षाको क्रम सुरु हुने छ ।

आज भने सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय