रविन तामाङको अन्त्येष्टि आज गरिँदै

काठमाडौं, २४ असार । गएको मङ्गलबार निधन भएका रक गायक तथा अभिनेता रविन तामाङको अन्त्येष्टि आज गरिँदै छ ।
उनको तामाङ परम्परा अनुसार स्वयम्भूमा अन्तिम संस्कार गरिने जनाइएको छ । त्यसअघि उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि नक्सालस्थित नेपाल संगीत तथा नाट्य एकेडेमीमा राखिने छ ।
रविनका दुई छोरीहरु फ्रान्समा बसोबास गर्ने रहेको र नेपाल आइपुग्न समय लागेकाले आज अन्त्येष्टि गर्न लागिएको हो । आफ्नै निवासमा मृत भेटिएका रविनको मृत्युको कारण मुटुको समस्या हुन सक्ने प्रारम्भिक पोस्टमार्टम रिपोर्टमा देखिएको छ ।
रविन एण्ड द न्यु रिभोलुसनका गायक रहेका रविनले थुप्रै चलचित्रमा अभिनय पनि गरेका छन् ।

