प्रतिनिधिसभा बैठक आज, एमालेको अवरोध कायमै रहन सक्ने

काठमाडौं, २४ असार । प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको संसद सचिवालयले जनाएको छ ।
आजको बैठकमा नेपाल विश्वविद्यालय विधेयक २०८० राष्ट्रिय सभाको सन्देशसहित टेबुल गर्ने कार्यतालिका छ । त्यसैगरी कानून न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक-२०८० माथिको दफाबार छलफल सदनमा गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि छ ।
यद्यपि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोध कायमै रहन सक्ने छ । एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्दै बुधबार संसद बैठक अवरुद्ध गरेको थियो ।
त्यसपछि शुक्रबार बैठक बोलाइएको भएपनि बस्दै नबसी स्थगित भएको थियो ।

