सुडानमा हवाइ हमला हुँदा २२ जनाको ज्यान गयो

एजेन्सी, २४ असार । सुडानमा हवाई हमला हुँदा २२ जनाको ज्यान गएको छ । राजधानी खार्तुमको छिमेकी शहर ओमडुरमनको आवासीय क्षेत्रमा शनिबार हवाइ हमला भएको थियो ।

सुडानी सेना र एक विद्रोही अर्धसैनिक संगठन आरएसएफबीच एक साताको बीचमा भएको लडाइँमा यो सबैभन्दा धेरै मानवीय क्षति हो । आक्रमण कसले गर्यो भन्ने खुलेको छैन । आक्रमणको दोष सेना र विद्रोही संगठन दुवैले एकअर्कालाई दिएका छन् ।

स्थानीयवासीका अनुसार सेनाले विद्रोही समूहलाई लक्षित गरी निरन्तर हवाई हमला गर्दै आएको छ । विद्रोही समूहले पनि ड्रोन र लन्चरको माध्यमबाट जवाफी हमला गर्दै आएका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय