यस्तो छ आज तपाइको राशिफल

काठमाडौं, २४ असार । आज २०८० साल असार २४ गते गते आइतबार । यस्तो छ आजको राशिफल:
मेष: आकस्मिक खर्च बढ्ने छ । उधारोमा व्यापार गर्नुपर्ने हुनसक्छ । आफन्तबाट टाढिनुपर्ने स्थिति आउन सक्ने छ ।
वृष: भौतिक साधन जुट्ने योग छ । व्यापारमा राम्रो फड्को मार्ने समय छ । रोकिएको काम बन्ने छ र जिम्मेवारी बढ्ने छ ।
मिथुन: समाजमा नाम कमाइने छ । सामाजिक कार्यले हौसला प्रदान गर्ने छ । विशिष्ट व्यक्तिको सहयोग पाइने छ ।
कर्कट: चिताएको काम रोकिन सक्ने छ । शारीरिक कमजोरीले चिन्ता बढाउने छ । लगनशीलताले संकल्प पूरा गर्न सकिने छ ।
सिंह: अस्वस्थ महसुस हुने छ । अवसरका लागि दौडधुप गर्नुपर्ने छ । आकस्मिक खर्च बढ्नेछ । सहयोगी भेटिन सक्छन् ।
कन्या: यात्रा, घुमफिर र मनोरञ्जनको योग रहेको छ । आम्दानी बढाउने काम गर्न सकिने छ । साथीभाईबाट सहयोग मिल्ने छ
तुला: उत्साहजनक समय रहेको छ । शत्रुहरू परास्त हुने छन् । प्रतिस्पर्धामा विजय हासिल गर्न सकिनेछ । आर्थिक लाभ हुने योग छ ।
वृश्चिक: अरुका लागि बुद्धि र श्रम खर्चने योग छ । नयाँ काम सुरु गर्नुअघि विचार पुर्याउनुहोला । मेहनत गर्दा अध्ययनमा प्रगति हुने छ ।
धनु: साथीभाईसँग असमझदारी बढ्ने छ । आफ्नो प्रतिफलबाट अरुले फाइदा उठाउन सक्छन् । आफन्तसँग मतभेद हुने छ ।
मकर: प्रतिस्पर्धिहरुले हार खाने छन् । साथीभाईहरुको सहयोग पाइने छ । भौतिक साधन जुट्ने योग छ । कामबाट प्रतिष्ठा पाइने छ ।
कुम्भ: आकस्मिक खर्च हुने छ । बोली पुरा नगर्दा आलोचना हुने छ । मिहिनेतले आशा जगाउने छ । शुभचिन्तकहरुको सहयोगले काम बन्ने छ ।
मीन: रमाइलो जमघटको अवसर जुट्ने छ । कसैबाट उपहार प्राप्त हुने छ । पहिलेको सफलताले थप हौसला जगाउने छ ।

