आदिपुरुषका लेखकले माफी मागे
काठमाडौ। हिन्दी चलचित्र ‘आदिपुरुष’का लेखकले लामो समयपछि माफी मागेका छन् । उक्त चलचित्र नेपालमा प्रदर्शन भए लगत्तै बहिस्कारमा परेको थियो।
नेपाल सहित भारतका समेत हिन्दु माथी न्याय नभएको भन्दै विवादमा तानिएको चलचित्र ‘आदिपुरुष’ का लेखक मनोज मुन्तशिरले सामाजिक संजाल मार्फत माफी मागेका हुन् ।
धेरै विवाद पछि मनोज लेख्छन् ,-‘आदिपुरुष फिल्मबाट जनभावनामा चोट पुगेको म स्वीकार गर्दछु । मेरा सबै दाजुभाइ दिदीबहिनी, ज्येष्ठ नागरिक, आदरणीय ऋषि मुनीहरू तथा श्री रामका भक्तजनहरूमा हात जोडेर नि:शर्त माफी चाहन्छु।’
नेपालको सेन्सर बोर्डले पास गरेपछि काठमाडौका मेयर बालेन शाहले उक्त चलचित्रमा सीता भारतकी बेटी भन्ने आसय सहितको सम्बाद भएको भन्दै उक्त सम्वाद नहटाएसम्म काठमाडौमा चल्न नदिने भनेपछि त्यसले देशब्यापी समर्थन पाएको थियो।

