बैंक तथा वित्तीय संस्था आज पनि खुल्ने

काठमाडौं, २३ असार । आज शनिबार अर्थात् सार्वजनिक बिदा । आज पनि बैंक तथा वित्तीय संस्था खुल्लै रहने छन् । असार मसान्त नजिकिएकाले नेपाल राष्ट्र बैंकले शनिबार पनि राजस्व सङ्कलनको व्यवस्था गर्न निर्देशन दिएसँगै आज पनि बैंक तथा वित्तीय संस्था खुल्ने छन् ।

महालेखा नियन्त्रक कार्यालयको अनुरोधमा शुक्रबार निर्देशन जारी गर्दै राष्ट्र बैंकले असार २३ र ३० गते शनिबार राजस्व सङ्कलन, चेक क्लियरिङ एवम् विद्युतीय रकम ट्रान्सफर (ईएफटी)को फण्ड सेटलमेन्ट गर्ने प्रयोजनका लागि बैंक तथा वित्तीय संस्थालाई व्यवस्था गर्न अनुरोध गरेको हो ।

राष्ट्र बैंकका अनुसार असार २३ र ३० गते बिदाका दिन र २४ गतेसमेत राति ८ बजेसम्म सिस्टम खुला राख्नुपर्नेछ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय