रहेनन् कलाकार सारुक ताम्राकार

काठमाडौं, २२ असार । अभिनेता सारुक ताम्राकारको निधन भएको छ । ताम्राकार गएराति काठमाडौंको रातोपुलस्थित आफ्नै घरमा मृत भेटिएका हुन् ।
उनले झुण्डिएर आत्महत्या गरेको देखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए । घरको भर्याङको रेलिङमा प्लाष्टिकको पाइपको पासो लगाएर झुण्डिएको जनाइएको छ ।
घटनास्थलको मुचुल्का कार्यपछि उनको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ । उनले आत्महत्या गर्नुको कारणबारे नखुलेको र अनुसन्धान कार्य भइरहेको छ ।
सारुक कलाकार सानु ताम्राकारका छोरा हुन् । उनी पछिल्लो समय ‘ह्यासट्याग माया’को छाँयाङ्कनमा व्यस्त थिए ।

