एसइईको नतिजामा गत वर्षभन्दा सुधार

काठमाडौं, २१ असार । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा गत वर्ष भन्दा सुधार भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको नतिजाअनसार पहिलेभन्दा सुधार देखिएको हो ।
अहिलेको नतिजाअनुसार माथिल्लो जिपीए ल्याउनेको संख्या बढेको देखिएको छ । ३.६ देखि ४ जीपीए ल्याउनेको संख्या गत वर्ष ९६३३ जना रहेकामा यसवर्ष २२ हजार ४७५ जनाले ल्याएका छन् ।
त्यस्तै ३.२ देखि ३.६० जीपीए ल्याउने परीक्षार्थीको संख्या गत वर्ष ४१ हजार ६२७ रहेकामा यस वर्ष ५५ हजार ६९ रहेको छ । त्यसैगरी २.८ देखि ३.२ जिपिए ल्याउने विद्यार्थीको संख्या पनि विगतको तुलनामा बढेको छ ।
बोर्डका अनुसार कोभिड–१९ को महामारी सकिएपछि विद्यार्थीले पढ्ने समय पर्याप्त पाएका तथा विद्यालय र कक्षाकोठाको अवस्था सुधार र परीक्षादे प्रणालीमा आएको सुधारका कारण नतिजामा सुधार भएको हो ।

