साझाले आजदेखि नयाँ रुटमा बस सेवा सुरु गर्दै

काठमाडौं, २१ असार । साझा यातायातले आजदेखि ललितपुरका भित्री क्षेत्रलाई काठमाडौंसँग जोड्ने गरी नयाँ रुटमा बस सेवा थाल्दै छ ।
साझाले ललितपुरको लेले–टीकाभैरव–चापागाउँ–थेचो–सुनाकोठी–लगनखेल–जवालाखेल–कुपन्डोल–त्रिपुरेश्वर– सुन्धारा–जमल–पुरानो बसपार्क (रत्नपार्क) रुटमा सेवा थाल्न लागेको हो ।
साझा यातायातले ४० वटा नयाँ बिजुली बस किनेपछि नयाँ रुटहरुमा सेवा विस्तार गरिरहेको छ । यसअघि साझाले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा सम्पदा क्षेत्रलाई लक्षित गरेर ‘हप अन हप अफ’ बस सेवा थालेको थियो भने पाटनढोकाबाट रत्नपार्क हुँदै ज्ञानेश्वर–जोरपाटी (दक्षिणढोका)सम्मको बिजुली बस सेवा पनि आरम्भ गरेको थियो ।

