उहाँबाट साह्रै भएन, अब जवाफ होइन राजीनामा चाहियो: ओली

काठमाडौं, २० असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब प्रधानमन्त्रीको जवाफ होइन राजीनामा नै चाहिएको बताएका छन् । बुधबार संसद बैठक अवरुद्ध भएपछि संसद भवन बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले उक्त अभिव्यक्ति दिएका हुन् ।

प्रचण्डले स्वाभिमान र स्वाधीनता गिराउने खालको अभिव्यक्ति दिएको र त्यो अशोभनीय र आपत्तिजनक भएको भन्दै उनले भने, ‘हामीलाई जवाफ होइन अब राजीनामा चाहियो, उहाँबाट सार्है भएन ।’

यसअघि आजको संसद बैठकमा प्रधानमन्त्रीको विवादित भनाइलाई लिएर आक्रोशित एमालेले तत्काल प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने माग राख्दै संसद बैठक नै अवरुद्ध गरेको थियो ।

एमालेले भन्यो: प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • सक्षम प्रधानमन्त्रीलाई बधाई !

    आज फागुन २१ नेपालीका लागि ऐतिहासिक दिन सावित भएको छ। देशकै पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै दिन आज प्रतिनिधि...