शरद गौचनको हत्यामा संलग्‍न बस्‍नेत र रानालाई जन्मकैदको फैसला

काठमाडौं, २० असार । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनको हत्यामा संलग्न भएको आरोपमा समीरमान सिंह बस्नेतलाई जन्मकैदको फैसला भएको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले बुधबार बस्नेतलाई जन्मकैदको फैसला सुनाएको हो । उनलाई यसअघि नै दोषी ठहर गरिएको भएपनि सजाय निर्धारण बुधबार भएको हो ।

अदालतले उनीसहितका अभियुक्तहरुलाई दोषी ठहर गरेको छ। हत्याका मुख्य योजनाकार भनिएका बस्नेत र काले भन्ने अम्बरबहादुर रानालाई जन्मकैदको फैसला सुनाइएको छ । हत्या गर्नका लागि गोली हान्ने लोप्साङ लामा भन्ने सोम तामाङलाई १५ वर्ष कैदको फैसला भएको छ । समीरमानकी श्रीमती माया शेरचनलाई १० वर्ष कैद र ६० हजार रुपैयाँ जरिवाना हुने फैसला भएको छ ।

गौचनको २०७४ असोज २३ गते काठमाडौंको प्रयागचोकमा गोली प्रहार गरी हत्या भएको थियो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय