काठमाडौंको सिडिओमा बस्‍नेत नियुक्त

काठमाडौं, २० असार । काठमाडौंको प्रमुख जिल्ला अधिकारीमा जितेन्द्र बस्‍नेत नियुक्त भएका छन् ।

गृह मन्त्रालयको शान्ति, सुरक्षा महशाखा प्रमुख रहिसकेका बस्‍नेतले प्रजिअको जिम्मेवारी पाएका हुन् ।

हालका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायको सचिवमा बढुवा भएपछि मन्त्रालयले बस्नेतलाई काठमाडौंको प्रमुख जिल्ला अधिकारीका रुपमा पठाएको हो ।

बस्नेत ८ वर्षअघि सहसचिव बनेका थिए । उनले प्रमुख जिल्ला अधिकारीका रुपमा गोरखा, चितवन, पर्सामा काम गरिसकेका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय