ललितपुरले ज्येष्ठ तथा अपाङ्ग नागरिकको घरमै गएर उपचार गर्ने

काठमाडौं, २० असार । ललितपुर महानगरपालिकाले घरमै पुगेर ज्येष्ठ र अपाङ्गता भएका नागरिकलाई स्वास्थ्य परीक्षण सेवा उपलब्ध दिने भएको छ ।

अबदेखि घर-घरमा पुगेर ज्येष्ठ नागरिक (७० वर्षमाथिका) र अपाङ्गता भएका नागरिकलाई स्वास्थ्य परीक्षण सेवा दिने ललितपुर महानगरपकालिकाका मेयर चिरिबाबु महर्जनले जानकारी दिए ।

उनका अनुसार आधारभूत औषधि समेत निः शुल्क दिइने छ। यस्तै ज्येष्ठ नागरिकलाई घर-घरमा पुगेर साधारण र विशिष्ठ स्वास्थ्य सेवा उपलब्ध गराइने छ । ‘यो नयाँ कार्यक्रम र टिमवर्क हो, सहकार्य गरेर अघि बढौं,’ मेयर महर्जनले भने, ‘सेवासुविधा दिन महानगरबाट कुनै कमी हुन दिदैँनौ ।’

यस्तै नेपाल हृदयरोग प्रतिष्ठानका बलराम न्यौपाने खानपिनलाई ख्याल नगरेको र क्रियाशील जीवनशैली नभएकाले मुटुरोगका रोगीको संख्या बढ्दै गएको बताए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय