अमेरिकाको फिलाडेल्फियामा अन्धाधुन्ध गोली चल्दा चारजनाको मृत्यु

एजेन्सी, १९ असार । अमेरिकाको पेन्सिलभेनिया प्रान्तको फिलाडेल्फियामा गोली चल्दा चारजनाको मृत्यु भएको छ ।
एक प्रत्यक्षदर्शीका अनुसार बुलेटप्रुफ ज्याकेट लगाएका एक व्यक्तिले अन्धाधुन्द गोली चलाउँदा आठजनालाई लागेको थियो जसमध्ये चारको मृत्यु भएको र चार घाइते छन् ।
आक्रमणकारीलाई हिरासतमा लिइएको छ भने थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

