पूर्वप्रधानमन्त्री कोइरालाको १००औं जन्मजयन्ती मनाइँदै

काठमाडौं, १८ असार । नेपाली काँग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १००औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज मनाइँदै छ ।

जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले रक्तदान, फलफूल वितरण, विचार गोष्ठी, दीप प्रज्वलनलगायतका कार्यक्रम राखेका छन् ।

पूर्व सभापति कोइरालाले सशस्त्र विद्रोह सञ्चालन गरेको तत्कालीन नेकपा (माओवादी) लाई शान्तिपूर्ण राजनीतिका मूलधारमा समाहित गराउन र गणतन्त्र स्थापनामा महत्त्वपूर्ण भूमिका खेलेका थिए ।

विसं १९८१ असार १८ गते जन्मिएका कोइराला मुलुकमा पाँच पटक प्रधानमन्त्री हुनुका साथै लामो समय काँग्रेसको पार्टी सभापति भएर काम गरेका थिए ।

उनको निधन विसं २०६६ चैत ६ गते भएको थियो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय