मुग्लिङ-नारायणगढ सडकमा फेरि ठुलो पहिरो

चितवन, १७ असार । चितवनको मुग्लिङ नारायणगढ सडक पुनः अवरुद्ध भएको छ । गएराति करिब ११ बजेको समयमा इच्छाकामना ५ तीन नम्बर पुलनजिकै ठुलो पहिरो खसेर राजमार्ग दुईतर्फी नै अवरुद्ध भएको हो ।
पहिलेको भन्दा ठुलो पहिरो गएकाले खुलाउन समय लाग्ने जनाइएको छ । प्रहरीका अनुसार यसपटकको पहिरो अहिलेसम्मकै ठुलो पहिरो हो । यसलाई खुलाउन दिनभर समय लाग्न सक्ने छ । सकेसम्म वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरिएको छ ।
यस सडक गएको बिहिबारदेखि नै पटकपटक खुल्दै अवरुद्ध हुँदै गरेको छ । लामो समयसम्म अवरुद्ध रहेकाले सयौं गाडीहरु बाटोमै अलपत्र परेका छन् ।

