मु्ग्लिङ-नारायणगढ सडक फेरि बन्द

चितवन, १६ असार । झण्डै २९ घण्टापछि शुक्रबार साँझ सुचारु भएको मुग्लिङ-नारायणगढ सडक रातिदेखि फेरि बन्द भएको छ । तीन नम्बर पुल नजिकै फेरि पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो ।

पहिरो हटाएर सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । लगातार पहिरो खसेकाले पन्छाउन समस्या भइरहेको छ ।

यसअघि बिहिबार दिउँसो १ बजेदेखि बन्द भएको राजमार्ग शुक्रबार साँझ ६ बजेतिर मात्र खुलाइएको थियो ।

त्यसबेलाको गाडीको जामको चाप कम नहुँदै पुनः राजमार्ग बन्द भएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय