असार १५ अर्थात धान दिवसमा चितवन पुगे बाबुराम
ओली र रवि पनि चितवन पुगेर रोपाइँ गरे
चितवन, १५ असार । राष्ट्रिय धान दिवस (असार १५) को उपलक्ष्यमा पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई चितवन पुगेर सामुहिक रोपाइमा सहभागी भएका छन् ।
नेपाल समाजवादी पार्टीका अध्यक्ष समेत रहेका डा.भट्टराई चितवनको रोपाइँ संगै विभिन्न कार्यक्रममा समेत सहभागी भए। उनले कृषि कार्यालयहरूको अवलोकन र कृषि विश्वविद्यालयका विज्ञहरूसंग छलफल समेत गरेका थिए । बाबुराम सँगै पुर्व मन्त्री हिसिला यमी पनि चितवन पुगेकी थिइन् ।
त्यसैगरी नेकपा एमाले अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन-२ का सांसद रवि लामिछाने पनि चितवन पुगेर रोपाइँमा सहभागी भएका थिए।
रोपाइ पछि सांसद लामिछाने मुग्लिङ-नारायणगढ बाटो बन्द भएको स्थानमा पुगेर पहिरो निरीक्षण गरी फर्केको उनको सचिवालयले जनाएको छ।





