फिफा वरियतामा नेपाल एक स्थान तल झर्‍यो

काठमाडौं, १४ असार । फिफा वरीयतामा नेपाल एक स्थान तल झरेको छ ।

विश्व फुटबलको सर्वोच्च संस्था फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल एक स्थान तल झर्दै १७४औं स्थानमा पुगेको हो ।

भारतमा जारी साफ च्याम्पियनसिप फुटबलमा नेपाल समूह चरणबाटै बाहिरिएको थियो । त्यसले वरियतामा असर गरेको हो ।

दक्षिण एसियामा भारत सबैभन्दा अघि रहेको छ । भारत १००औं स्थानमा छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय