बुढी गण्डकी परियोजना खुम्च्याउनु दु:खद-डा.भट्टराई

'बाघलाई सुनको पिजडामा राख्न नखोजीयोस'

काठमाडौ। नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले बुढीगण्डकी परियोजनालाई ‘हलो काटेर मुंग्रो बनाउनु’ भने झैं यसको बहुआयामिक विकास अवधारणाको हत्या गरेर सामान्य जलविद्युत योजनाको रूपमा खुम्च्याउनु र यसलाई विद्यमान विद्युत प्राधिकरण मातहतको एउटा कम्पनी अन्तर्गत राख्नु ज्यादै आपत्तिजनक भएको बताएका छन् ।

उनले सामाजिक संजालमा लेखेका छन्यो-‘त एउटा बाघलाई सुगाको पिंजडामा राख्न खोज्नु जस्तै हास्यास्पद कुरा हो!’

सबभन्दा चिन्ताको विषय हाम्रो राजनीतिक नेतृत्वले देशको दीर्घकालीन विकास नीति नै नबुझ्नु वा बुझ्न नचाहनु हो भन्दै डा.भट्टराईले भनेका छन्-‘भौगोलिक विविधता,जटील भूराजनीति र नदीनाला नै सबभन्दा ठूलो सम्पत्ति भएको मुलुकमा नदी-उपत्यकाहरूको एकीकृत विकास गरेर मात्र समग्र देशको सन्तुलित,दिगो र हरित विकास गर्न सकिन्छ भन्ने सत्ताधारीहरूले किन नबुझेको?अमेरिकाको टेनेस्सी भ्याली,चीनको थ्री-गोर्जेज परियोजनाहरूले ती देशको अग्रगामी रूपान्तरणमा खेलेको ऐतिहासिक भूमिकाबाट किन सिक्न नचाहेको?’

आफुले नबुझे/नजाने पनि मेरो प्रमकालमा गठन भएको ‘बुढीगण्डकी विकास समिति’ले अघि सारेको र मैले बारम्बार कराउॅदै आएको ‘ बुढीगण्डकी कोरिडोर विकास प्राधिकरण’ को अवधारणा र त्यस अन्तर्गत प्रस्तावित एकीकृत विकासको गुरूयोजनालाई किन लत्याएको? कमसेकम आगामी पचास बर्षसम्म देशको विकासको प्रमुख इन्जीन हुने काठमाण्डौ-पोखरा-लुम्बिनी-हेटौंडा/वीरगंज चौकोणको वीचमा पानी,विजुली,माछापालन,पर्यटन,पर्यावरण संरक्षणको प्रमुख श्रोत हुने यो जलासययुक्त परियोजनाको बहुआयामिक महत्व नबुझ्नेले विकास र समृद्धिको गफ दिनु कति हास्यास्पद होला?बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिंड भनेको यही हो कि?

डा.भट्टराईको निश्कर्स छ-‘सही मोडालिटी बनाएर छिटो कार्यान्वयन गर्ने अझै समय छ! नत्र इतिहासले धिक्कार्ला!’

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय