भरतपुरका तीन व्यस्त चोकमा आकाशे पुल बनाइने

चितवन, ११ असार । चितवनको भरतपुर महानगरपालिकाले बजारका तीन ठाउँमा आकाशे पुल बनाउने भएको छ । आइतबार १३ औं नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रममा महानगरले भरतपुरको हाकिमचोक, शहीदचोक र मालपोत चोकमा आकाशे पुल बनाउने जनाएको हो ।
संघ र प्रदेश सरकारको सहयोग र सहकार्यमा ती व्यस्त चोकहरुमा आकाशे पुल निर्माण गर्ने महानगरपालिकाले योजना बनाएको छ । यसबाट शहरको सुन्दरता बढ्नुका साथै सडक दुर्घटना पनि कम हुने जनाइएको छ । हाकिमचोक, सहीदचोक र मालपोत चोक भरतपुरका व्यस्त रहने क्षेत्र हुन् ।
महानगरपालिकाकाले मुख्य सहरी क्षेत्रमा कालोपत्रे निर्माणसँगै ढल निर्माण गर्ने नीति महानगरले लिएको हो । एकीकृत सहरी विकास गुरुयोजना तयार गरी व्यवस्थित, सन्तुलित र दिगो सहरी पूर्वाधार निर्माणमा प्राथमिकता दिएको छ ।

