सुनको जलहरी जाँच्न अख्तियारको टोली पशुपतिमा

काठमाडौं, १० असार । पशुपतिनाथ मन्दिरमा चढाइएको सुनको जलहरी प्रकरणका बारेमा छानविन गर्न अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोली पशुपति पुगेको छ।
अख्तियारका अनुसन्धान अधिकृतसहितको टोली छानविन एवं अनुसन्धानका लागि पशुपति पुगेको हो ।
यसैकारण अहिले पशुपतिनाथको मुलगेटबाट सर्वसाधरणलाई प्रवेश दिइएको छैन ।

