जलहरी जाँच्न अख्तियारको टोली पशुपति छिरेपछि भक्तजनलाई प्रवेश निशेध !

काठमाडौं, १० असार । प्रतिनिधि सभामा समेत चर्चा पाएको पशुपतिनाथ मन्दिरको ११ किलो सुन घोटाला प्रकरणले गर्दा आज दिनभर पशुपति दर्शनको लागि मन्दीर पुगेका भक्तजनले समेत प्रवेश पाएनन् ।
सो सुन घोटालाबारे सत्य तथ्य बुझ्न अख्तियारको टोली बिहान १० बजे नै पशुपति पुगेर कडाइ गरेको थियो। सुरक्षाकर्मी समेतको बाक्लो उपस्थितिमा अख्तियारले पशुपतिनाथ मन्दिरको शिवलिङ्गमा जडित सुनको जलहरी जाँच गरिरहेको छ।
दुरुपयोग अनुसन्धान आयोगको टोली पशुपतिनाथ मन्दिर पुगेपछि अन्य ब्यक्तिलाा प्रवेश निषेध गरिएको थियो।जलहरी राख्दा ११ केजी सुन घोटाला भएको भन्ने बेहोराको उजुरी अख्तियारमा परेको र यो बिषयमा सरकार र प्रतिपक्षी दलबीच ठुलै दोहोरी समेत चलेको थियो ।
जसका कारण नेकपा एमालेले सदन अवरुद्ध गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माफी समेत मागेका थिए।

