काठमाडौं महानगरले ल्यायो २५ अर्ब ५४ करोडको बजेट

काठमाडौं, १० असार । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका २०८०/८१ का लागि बजेट सार्वजनिक गरेको छ ।
आइतबार बसेको १३ औँ नगरसभामा महानगरका उपप्रमुख सुनिता डंगोलले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँको बजेट सार्वजनिक गरेकी हुन् । यो चालु आ.व.को भन्दा १३ करोडले धेरै हो ।
बजेटको चालुतर्फ ८ अर्ब ६१ करोड ५३ लाख २८ हजार बजेट छुट्याइएको छ भने पुँजीगततर्फ १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार विनियोजना गरिएको छ ।
महानगरले चालु आर्थिक वर्षका लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजारको बजेट ल्याएको थियो ।

