नेपालद्वारा नेदरल्यान्ड्सलाई १६८ रनको मध्यम लक्ष्य

तस्विर: आइसिसी (ICC)

काठमाडौं, ९ असार । जिम्बावेमा जारी आइसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गतको आफ्नो चौथो खेलमा नेपालले आज नेदरल्यान्ड्ससँग खेलिरहेको छ ।

हरारेको ताकासिङ्गा स्पोर्ट्स क्लबमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले नेदरल्यान्ड्सलाई १६८ रनको विजयी लक्ष्य दिएको छ । नेपालले ४४‍.३ ओभरमा अलआउट हुँदै १६७ रन बनायो ।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३३ रन बनाए भने कुशल भुर्तेल र सन्दीप लामिछानेले समान २७ रन बनाए । त्यस्तै भीम सार्कीले २२, गुल्शन झाले १५, दीपेन्द्रसिंह ऐरीले १४ र कुशल मल्लले १२ रन बनाए ।

नेदरल्यान्ड्सका लोगान भान बिकले ९.३ ओभरमा २४ रन मात्र दिएर ४ विकेट लिए । उनको यो करियरकै उत्कृष्ट बलिङ हो । त्यस्तै बास डे लिडे र विक्रमजित सिंहले २-२ तथा क्लाटन फ्लोयड र आर्यन दत्तले १-१ विकेट लिए ।

नेदरल्यान्ड्स केहीबेरमा जवाफी ब्याटिङमा उत्रँदै छ । आजको खेल जित्‍नैपर्ने दबाब नेपाललाई छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय