यी क्षेत्रमा भारी वर्षा हुँदा बाढीको खतरा

काठमाडौं, ८ असार । पछिल्लो ३ घण्टा रौतहट, सर्लाही, चितवन, दाङ, बाँके, बर्दिया, कैलालीमा मध्यम तथा भारी वर्षा भएको छ जसले गर्दा बाढीको खतरा बढेको छ ।

जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले बुलेटिन जारी गर्दै ती क्षेत्रमा बहने नदीहरूको जलसतह बढ्ने हुँदा तटीय क्षेत्रमा सतर्कता अपनाउन भनेको छ ।

त्यस्तै नवलरासी पूर्व नवलरासी पश्चिम, कञ्चनपुर, डडेलधुरा, बैतडी र आसपास मध्यम-भारी वर्षा भएको र हुन सक्ने अवस्था रहेको औंल्याइएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो र राति पनि धेरै ठाउँमा ठुलो पानी पर्ने सम्भावना छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय