पोखरामा आजदेखि ‘ड्रागन बोट रेस फेस्टिभल’ हुँदै

पोखरा, ८ असार । पोखरामा आजदेखि नेपाल–चीन फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिबल सुरु हुँदै छ । दक्षिण एशियामै पहिलोपटक हुन लागेको फेस्टिबल पोखराको फेवातालमा आज र भोलि चल्ने छ ।

फेस्टिबल नेपाल पर्यटन बोर्ड, नेपाल स्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको आयोजना तथा पोखरा पर्यटन परिषद र चाइना ओभरसिज एशोसिएसनको सहआयोजनामा हुन लागेको हो ।

कार्यक्रममा सहभागिताका लागि चीनको सिजी नगरबाट नगर उपप्रमुखसहित ६० जनाको टोली असार ६ गते चार्टर्ड उडानबाट पोखरा आइसकेका छन् ।

सोही चार्टर्ड उडानसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको पनि शुभारम्भ भएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय