गोरखामा जन्ती बोकेको गाडी दुर्घटना हुँदा पाँच जनाको मृत्यु

गोरखा, ८ असार । गोरखामा गएराति जन्ती बोकेको गाडी दुर्घटना ५ जनाको मृत्यु भएको छ ।

शहिद लखन गाउँपालिका वडा नं. ५ स्थित ताक्लुङको सिलिङखोला भन्ने स्थानमा जन्ति बाेकेकाे गाडी दुर्घटना भएको हो ।

जिप सडकबाट करिब २ सय मिटर तल खसेको छ । दुर्घटनास्थलमा खोज तथा उद्धार जारी छ ।

उद्धार कार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र विपद व्यवस्थापन समितिको टोली खटिएका छन् ।

यसबारेमा थप विवरण आउन बाँकी छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय