साफ च्याम्पियनसिप आजदेखि, नेपाल र कुवेत खेल्दै

काठमाडौं, ६ असार । १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आजदेखि भारतको बैङ्गलोरमा सुरु हुँदै छ । आठ राष्ट्रको सहभागिता रहने प्रतियोगिताका खेलहरु श्री कांतिराव रङ्गशालामा खेलाइने छ ।
साविक उपविजेता समेत रहेको नेपाली टोलीले उद्घाटन खेलमा आज बलियो टोली कुवेतविरुद्ध प्रतिस्पर्धा गर्नेछ । खेल नेपाली समय अनुसार दिउँसो पौने ४ बजेदेखि सुरु हुने छ ।
नेपाल र कुवेतबीच हालसम्म ९ खेल भएकामा ८ खेल कुवेतले जितेको छ भने एक खेल बराबरीमा सकिएको छ । नेपालले कुवेतविरुद्ध हालसम्म जीत निकाल्न सकेको छैन ।
आजै भारत र पाकिस्तानबीच समेत प्रतिस्पर्धा हुनेछ ।

